सुनको भाउ आइतबार एकैदिन १५ सयले बढ्यो, चाँदीमा ४५ रुपैयाँ बढ्यो

तिहार नजिकिँदै गर्दा सस्तिएको सुनचाँदीको मूल्य तिहार लागेपछि भने ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबारको तुलनामा सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ ४५ रुपैयाँले वृद्धि भएको हो । महासंघका अनुसार कार्तिक ६ गते आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको…