व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री महतको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न आग्रह गरेका छन् । नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवं सूचना प्रवधिको बृहत प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री महतले आत्मविश्वास बलियो बनाउन आग्रह गरेका हुन् । “आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन,” मन्त्री महतले भने, “बिस्तारै निर्माण क्षेत्रमा माग…