अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताएका छन् । नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा बिहीबारदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत् सांस्कृतिक महोत्सव–२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन…