एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन

सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्। एनसेलको सेयर खरिदबिक्री अस्वाभाविक देखिएको…