विद्युतीय भुक्तानी सेवा प्रदायकले गुनासो सुन्न कम्तिमा १६ घण्टा हेल्पडेक्स सञ्चालन गर्नुपर्ने

विद्युतीय भुक्तानी सेवा प्रदायक संस्थाहरुले गुनासो सुनवाईका लागि कम्तिमा १६ घण्टा तथा कार्डसम्बन्धी समस्याको तत्काल समाधान गर्न २४ घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ । दिनप्रतिदिन बढिरहेको विद्युतीय कारोबारको अवस्था र विद्युतीय माध्यमको प्रयोगलाई अझ भरपर्दौ बनाउने उदेश्यले नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । ग्राहकहरुलाई विद्युतीय सेवा उपलब्ध गराउँदा सेवाका प्रयोगमा आउनसक्ने…