राजस्व परिचालनमा धेरै पछाडि छौँ, आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता छ : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् । “चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४…