नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत आपुर्तीमा कटौती गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उद्योग सञ्चालनमा सहजता आईरहेका बेला विद्युत कटौती हुन थालेको भन्दै उनीहरुले अघोषित रुपमा लोडसेडिङ सुरु भएको आरोप लगाएका हुन् । औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको उद्योगी व्यवसायीको आरोप छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले…