व्यवसायीको आन्दोलन पुस २७ गतेसम्मका लागि स्थगित

महँगो व्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनको विरूद्ध आन्दोलनरत व्यवसायीले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । व्यवसायीले पुस २७ गतेसम्मका लागि अन्दोलन स्थगित गरेका हुन । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री र गभर्नरसंग बार्ता गरेका व्यवसायीले आन्दोलन रोक्ने निर्णय गरेका हुन । अर्थमन्त्री विष्णु पौडेलबाट माग सम्बोधन गर्ने आश्वासन पाएपछि व्यवसायीहरुले आन्दोलन रोकेका हुन…