निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय छानबिन विशेष समितिले सत्यतथ्य जाँचबुझका लागि अर्थ मन्त्रालयसँग मगाइएको सीसीटीभी फुटेज संग्रह हुने सिस्टम (हार्डडिस्क्स) प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको छ । मंगलबारको बैठकले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा यसअघि अर्थ सचिव सहित उच्च अधिकारी र सम्बन्धीत…