विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च

सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन् । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । वैधानिक बाटोबाट विदेशी ब्रान्डका मदिरा भित्रिन नपाएको…