नेपाल राष्ट्र बैंकले विराटनगरबाट पनि पुराना तथा झुत्रा नोटबाट ब्रिकेट उत्पादन सुरु गरेको छ । अयोग्य नोट जलाउने गरेको केन्द्रीय बैंकले पुनःप्रयोगको प्रणाली विकास गरेको हो । केन्द्रीय बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विकास गरेको हो । केहि समयअघि काठमाडौ तथा नेपालगञ्जबाट…