विवाहको सिजनले पहिरन बनाउन बुटिकलाई भ्याई नभ्याई, १० लाखसम्मका पहिरन लगाउँछन् बेहुली

विवाहको महिना भनेर समेत चिनिने मंसिर लागेपछि राजधानीका बुटीकहरुलाई अहिले विवाहका पहिरन बनाउन भ्याई नभ्याई छ ।  विशेषत मंसिर, माघ, फागुन जस्ता महिनाहरुमा विवाहका लगानहरु धेरै हुने भएकाले यतिबेला बुटीकहरुलाई नयाँ नयाँ डिजाइन र फेसन अनुरुपका पहिरिनहरु बनाउने चटारो बढेको हो । यसै बेला राजधानीका बुटीकहरुमा विवाह तथा इङ्गेजमेन्टका लागि माग अनुसारको कपडा सिलाउन भ्याई…