अर्थ सचिवको जिम्मेवारीमा मधु मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याएको छ । अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै महालेखा नियन्त्रकको कार्यालयमा रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो । सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी रहेका थिए । उनी विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गत…