धितोपत्रको दोस्रो बजार आकार हालसम्मकै ठुलो भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सूचक करिब २ अंकले बढ्दा कुल बजार पुँजीकरण पनि ३७ खर्ब भन्दा माथि पुगेको हो । यो साताको मंगलबार नेप्से सूचक हालसम्मकै उच्च अंक २६७४.४७ अंकमा पुगेको थियो । सो दिन पनि नेप्सेको कुल…