राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल मार्फत बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले मंगलबारदेखि विकास ऋणपत्रको बिक्री खुलाउने भएको छ । राष्ट्र बैंकल १० अर्बको ७ वर्षे विकास ऋणपत्र, २०८४ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि ऋणपत्र जारी गरेको हो। ऋणपत्रका लागि बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन पाउने छन्…