सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन भइरहेको ९०० मेगावाट क्षमताको उक्त परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।…