नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ चौथौ दिन सोमबार साँझ ५ बजेसम्ममा १.८७ गुणा धेरैको माग भएको छ । आइतबारसम्म १.३१ गुणा धेरै आवेदन परेको बैंकको शेयरमा सोमबारसम्ममा १.८७ गुणा धेरै आवेदन परेको हो । बैंकको आईपीओमा ११ लाख ७७ हजार ९२० वटा आवेदन मार्फत १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपैयाँको आवेदन परेको हो…