वित्तीय प्रणालीमा अधिक तरलताको समस्या कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार एक साता अवधिको २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेपनि कर्जा प्रबाह विस्तार हुन नसक्दा अधिक तरलताको समस्या देखिएको हो । बैंक वित्तीय संस्थाले कोरोनाका कारण कर्जा लगानी विस्तारमा समस्या आएपछि अधिक तरलताको…