प्रभु बैंकको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडको २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले असार २१ गतेबाट उक्त परिमाणको शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो। बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ…