भारतबाट तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “भारतलगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादीजस्ता वस्तुहरुमा पाइने विषादी…