एक उद्यमी, जो साधारण लेख लेख्छ, उ जस्तोले सरकारलाई माथि उल्लेखित बर्गलाई प्रत्यक्ष नगद प्रवाह गर्न सिफारिस गर्नु भनेको आश्चर्यजनक लाग्न सक्छ । तर हामीले यो मनन गर्नु अत्यावश्यक छ कि अहिले हामी पक्कै पनि सामान्य परिवेशमा छैनौ, हामी अहिले कोभिड १९ को विश्वव्यापी महामारीको असामान्य र अत्यन्तै गम्भीर अवस्थाबाट गुज्रिरहेका छौं भने पुरा विश्व…