शेयर बजार खुलाउने कि नखुलाउने भन्ने निर्णयको जिम्मा धितोपत्र बोर्डलाई, असार १ देखि खुल्ने संकेत

सरकारले लकडाउनको नयाँ मोडालिटी सार्वजनिक गर्दै शेयर बजार सञ्चालनको निर्णय गर्न धितोपत्र बोर्डलाई जिम्मा दिएको छ । तीन चरणको लकडाउनको मोडालिटीमा पूँजी बजारका सम्बन्धमा मन्त्री परिषदले सार्वजनिक गरेका निर्णयमा केही उल्लेख छैन । यस सम्बन्धमा नोटबजारसँग कुरा गर्दै बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले भनेका छन् ‘बजार सञ्चालन गर्ने सम्बन्धमा मन्त्रालयबाट बोर्डलाई अनुकुलता हेरी अघि बढ्नु भनिएको…