आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणस्थलमा झण्डै ३०० कामदार कार्यरत छन् । सरकारले निर्माणजन्य उद्योग खुलाउने निर्णय गरेसँगै अहिले निर्माणस्थलमा आवश्यक सामग्रीको समेत अभाव छैन । लक्ष्यअनुसार…