कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण मुलुकका विभिन्न जिल्लामा दैनिकरुपमा…