वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थप ४ जना कोरोना संक्रमित आइतबार निको भएर घर फर्किएका छन्। यससँगै कोरोना जितेर उपचारपछि घर फर्किनेहरुको संख्या १६ जना पुगेको छ। आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका १९ वर्षीय युवा १२ औं दिनमा तथा अन्य ३ जना पुरुषहरु १५ औं दिनको अस्पताल…