पाम आयलको निर्यात घटेपछि कूल निर्यातमा असर

नेपालबाट निर्यात हुने वस्तुमध्ये २० प्रतिशत बढी हिस्सा ओगट्ने पाम आयलको निर्यात घट्दा नेपालको कूल निर्यातमा समेत असर पुगेको छ। भारतीय पक्षबाट पाम आयलको आयात रोक्दा हरेक महिना नेपालबाट भारततर्फ करिब १० अर्ब रुपैयाँ बराबरको कूल निर्यात हुँदै आइरहेकोमा माघ महिनामा आउँदा घटेर साढे ७ अर्ब रुपैयाँमा खुम्चिएको छ। चालु आर्थिक वर्षको पाँचौ महिना अर्थात…