नेपाल धितोपत्र बोर्डले यही २०७६ श्रावणदेखि नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ लागू गरेको छ । बोर्डले सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको भूमिकालाई दृष्टिगत गरी यो नीति लागू गरेको जनाएको छ । बोर्डले आ.व. २०७६।७७ को नीति तथा कार्यक्रममा यो…