लगातार पाँचौँ वर्ष चीन नेपालमा उद्योग तथा कारखानाहरूमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता गर्ने देश बनेको उद्योग विभागले जनाएको छ। विभागले यस वर्षको असार मसान्तसम्म कायम गरेको अभिलेखले आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ९२ करोड लगानीको प्रतिबद्धता आएको देखाएको छ। त्यो लगानी १५९ वटा परियोजनामा गरिने र त्यसले ७ हजार भन्दा बढी रोजगारीका अवसर सृजना…