एनएलजी इन्स्योरेन्सको झण्डै पौने २ लाख कित्ता शेयर लिलामीमा आउँदै


एनएलजी इन्स्योरेन्सले १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामीमा ल्याउने भएको छ ।

इन्स्योरेन्सले निष्काशन गरेको ६० प्रतिशत हकप्रदमा बिक्री नभएको उक्त संख्याको शेयर इन्स्योरेन्सले लिलामीबाट बिक्री गर्ने भएको हो ।

इन्स्योरेन्सले ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३६ लाख ८१ हजार ३५९.५ कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।

आवेदन परेका सबै शेयर बाँडफाँड गरेको इन्स्योरेन्सले केही दिनमा नै शेयर लिलामी गर्ने इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।