एलआईसी नेपालको व्यवसायमा यस्तो देखियो वृद्धि


लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासमा १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँबाट बढेर १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार रुपैंया पुगेको छ।

गत असार मसान्तसम्ममा ३ अर्ब ७४ करोड पाँच लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको इन्स्योरेन्सले २० करोड २८ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

बीमाङ्कीय मूल्याङ्कन गर्नु पहिलेको अवस्थामा इन्स्योरेन्सले गत असार मसान्तसम्ममा ११ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बीमाङ्कीय मूल्याङ्कन पश्चात मात्र कम्पनीको वास्तविक खुद नाफा आउनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।