काठमाडौँ । नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रकमप्रदान गरेको छ । कम्पनीका सञ्चालकी कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहकाबीच १० लाखनगदको चेक हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० शुल्कलिएर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई नर्सरीदेखि स्नाकोत्तर तह सम्म अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको समता एजुकेसन फाउन्डेसनकोे संस्थापक लगायत व्यवस्थापनलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको यो अभियान राष्ट्र निर्माणमा एक कोसेढुङ्गा रहनजाने बताए ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले देशको कर्णधार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानगर्न सके राष्ट्रले दक्षजन शक्ति प्राप्तगर्ने बताउँदै कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई सहयोग पुर्याउन १० लाख प्रदान गरिएको र आगामी दिनमा पनि शिक्षाको विकास हेतु सहयोग गर्न कम्पनी तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दीपक सन्जेलले २३ वर्षको इतिहास बोकेको समतामा आजको दिनमा देशको ७७ वटै जिल्लामा करिब ३० हजार विद्यार्थीहरु अध्ययनगर्दै आएको कुरा जानकारी गराए ।
हाल सम्म विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय चलिरहेको र सहयोगबाट मात्र सञ्चालन दीर्घकालीन नहुने हुँदा अक्षयकोषको निर्माण गर्दै अनवरत रुपले अध्ययन अध्यापनको कार्यलाई निरन्तरता दिने बताउँदै नेपाललाइफले प्रदान गरेको रकम अक्षयकोषमा रहने र त्यसको आम्दानीबाट विद्यालयहरू सञ्चालनगरिने बताए ।
प्रतिक्रिया