रिलायन्स लाइफको नयाँ जीवन बीमा, यस्ता छन् विशेषता


रिलायन्स लाइफ इन्स्योरेन्सले लिमिटेड इन्डोमेन्ट नामक जीवन बीमा ल्याएको छ । यो नयाँ जीवन बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधिको समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिनेछ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैंया कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

यो योजना संगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।