व्यवसाय र आम्दानीलाई निरन्तर बढाउँदै एभरेष्ट इन्स्योरेन्स, खुद नाफामा ५१ प्रतिशत वृद्धि


एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद बीमा शुल्कसँगै नाफामा समेत सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोना संक्रमणको असहज परिस्थितीमा पनि कम्पनीले व्यवसाय र आम्दानीमा सुधार गरेको वित्तीय विबरण सार्वजनिक गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सले १२ करोड ११ लाख रुपैंया खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ११ करोड ९२ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १.५९ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क आर्जनको रकम २०.६५ प्रतिशतले बढाएको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ५ लाख ४० हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड २ लाख १४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ५१.०८ प्रतिशतले बढेको हो ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३३८.१० प्रतिशतले बढाएको थियो । त्यस बेला इन्स्योरेन्सले ४६ लाख रुपैंयाको खुद नाफालाई २ करोड २ लाख १४ हजार रुपैंया पुर्याएको थियो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुर्नबीमा कमिशनबाट २ करोड ९६ लाख ३ हजार रुपैंया आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले यो शिर्षकमा ३ करोड ९० लाख रुपैंया आम्दानी गरेको थियो । त्यसैगरि इन्स्योरेन्सको गत आर्थिक वर्षको पहिलो त्रैमासको लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ८३ लाख ११ हजार रुपैयाँबाट ८५ लाख ८९ हजार रुपैंया पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ हजार ८५७ बीमालेख जारी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २५ हजार ८७१ वटा बीमालेख जारी गरेको छ ।

गत आर्थिक वर्षमा २५ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा अहिले २६ करोड ९१ लाख १९ हजार रुपैंयाको कुल बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९३७ दाबी वापत १० करोड २८ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको इन्स्योरेन्सले २ हजार ३२७ दाबी वापत ९९ करोड २१ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा इन्स्योरेन्सले ७६९ वटा दाबी भुक्तानी वापत २७ करोड १७ लाख रुपैंया दाबी भुक्तानी गरी ४ हजार ३१५ वटा दाबी वापत १ अर्ब ४ करोड २८ लाख रुपैंया भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा १५ करोड १२ लाख रुपैयाँबाट २८ करोड ९८ लाख र बीमा कोषको आकार २३ करोड ७३ लाख रुपैयाँबाट ३४ करोड २० लाख रुपैंया पुगेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैंया ३८ पैसाबाट ११ रुपैंया १५ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४७ पैसाबाट १५७ रुपैंया ६५ पैसा पुगेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३०.६३ गुणाबाट ४७ गूणा बढी पुगेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।