ज्योति विकास बैंकले सुरु गर्यो ‘स्क्यान एण्ड विथड्र’ सेवा


ज्योति विकास बैंक (JBBL) ले ‘स्क्यान एन्ड विथड्र’ सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।

स्क्यान एन्ड विथड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ । आधुनिक बैंकिंग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याईएको बैंकको भनाई छ ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४२ अर्ब रुपैंया निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब ३४ अर्व ६० करोड रुपैंया कर्जा लगानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।