सनराइज बैंकको शेयरमूल्य समायोजन

0
Shares

सनराइज बैंक (SRBL) को शेयरममूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ७ गते मंगलबार बैंकको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बैंकले प्रस्ताव गरेको ५.८० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २३९ रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको सोमबार अन्तिम पटक कारोबार भएको मूल्य २५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यसअनुसार बैंकको मंगलबार समायोजित शेयरमूल्यलाई आधार मानेर नेप्सेमा पहिलो कारोबार खुल्नेछ ।

मंसिर २५ गते, बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश पारित गर्न पुस २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे बैंकको १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६।०७७ को सञ्चित नाफाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५.८० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सम्बन्धीत थप समाचारहरुः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।