कोरीयाली मोटर उत्पादक ‘किया’ ले सार्वजनिक गर्यो नयाँ लोगो, विद्युतीय कार उत्पादनमा छलाङ मार्ने


कोरीयाली मोटर उत्पादक कम्पनी ‘किया’ ले आफ्नो लोगो परिमार्जन गरेको छ । गत बुधबार अत्तीसबाजी सहितको भव्य कार्यक्रमका बिच कियाले नयाँ लोगो सार्वजनिक गरेको हो ।

विगतको सफलतालाई अझ उचाईमा पुर्याउनका लागि लोगो परिमार्जन गरिएको कियाले जनाएको छ । पछिल्ला दिनमा बजारमा प्रतिस्पर्धी कार उत्पादन गर्दै आएको कियाले अब उत्पादन हुने कारहरुमा नयाँ लोगो प्रयोग हुने जनाएको छ ।

लोगो पमिार्जनबाट कियाका कारमा रुची राख्नेहरुको ध्यान धेरै आकर्षित गर्न सफलता मिल्ने विश्वास पनि कियाले लिएको छ । अभुतपुर्व कारहरुको निर्माण कोरीयामा नै भईरहेको सन्दर्भमा ब्राण्डिङ र मार्केटिङमा विश्वको ध्यान खिच्नका लागि नयाँ ब्राण्ड लोगो सार्वजनिक गरिएको कियाले जनाएको छ ।

यसरी गरिएको थियो नयाँ लागो सार्वजनिक :


हस्तलिखित टिकटजस्तो आकारमा नयाँ ब्राण्ड लागो डिजाइन गरिएको भन्दै कियाले आफ्नो आत्मविश्वास र प्रेरणाको साथका रुपमा लोगोलाई परिभाषित गरेको छ ।

नयाँ लोगोसँगै कियाले ‘ट्याग लाइन’ पनि सार्वजनिक गरेको छ । ‘मुभमेण्ट द्याट इन्स्पायर्स’ भन्ने ट्यागलाइन सहित अब कियाले नयाँ लोगो राखेर कारहरु उत्पादन गर्ने बताइएको छ । विशेष गरी विद्युतीय कारहरुको उत्पादनलाई बढी जोड दिने लक्ष्य राखेको कियाले नयाँ ब्राण्ड लोगोका कारण आफ्नो बजार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।