चन्द्रागिरी हिल्सको ११ कित्ता शेयर पाउने २ जना भाग्यमानी को को हुन् ?


चन्द्रागिरी हिल्सले शुक्रबार बाँडफाँड गरेको साधारण शेयर कुल १ लाख ३९ हजार ६२२ जनाले पाएका छन् ।

जसमा १ लाख ३९ हजार ६२० आवेदकले १० कित्ताका दरले शेयर शेयर पाएका छन् भने २ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् ।

चन्द्रागिरीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ वटा आवेदन परेकोमा २ जनाले मात्र ११ कित्ता शेयर हात पारेका हुन् । कुल आवेदक मध्ये १२ लाख ११ हजार ११५ आवेदकलाई मात्र गोलाप्रथामा सहभागि गराइएको थियो ।

१ लाख ३९ हजार ६२२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफँड गरी बाँकी रहेको २ कित्ता शेयर १ कित्ताका दरले २ आवेदकलाई थप गरिएको हो । जस अनुसार संगीत पराजुली र राजु मुखियाले थप १ कित्ता सहित ११ कित्ताका दरले शेयर पाएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।