हुण्डाई एक्सचेन्ज् सोमबारबाट सुरु, आकर्षक छुट पाइने


नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले २०७७ माघ २६ गते सोमबार देखि देशव्यापी रुपमा हुण्डाई एक्सचेञ्ज सञ्चालन गर्दैछ ।

२०७७ फाल्गुन २ गते आइतबार साझँको ५ बजे सम्म चल्ने एक्सचेञ्ज क्याम्पमा सवारी साधन सट्टापट्टाका साथै उच्चत्तम मुल्याङ्कन , आकर्षक नगद छुट, १५ हजार रुपैंया बरावरको को लोयल्टी बोनस र १ लाख ४० हजार रुपैंयासम्मको एक्सचेञ्ज बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेण्टी उपलब्ध गराइने हुण्डाइले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक सेल्स र मार्केटिङ रुपेश शर्मा भट्टका अनुसार देश व्यापी एक्सचेञ्ज कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्नेछ । यो कार्यक्रम नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध हुने भट्टले जानकारी दिए ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरुलाई निरन्तरता दिने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।