ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब रुपैयाँ माथि पुगेको छ।
मंगलबार नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको यात्रा तय गर्दै गर्दा बैंकको प्रतिकित्ता शेयर ४९८ रुपैंयामा अन्तिम पटक किनबेच भएको थियो । आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँभन्दा माथि पुगेको हो ।
२१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण एक खर्ब दुई अर्ब रुपैयाँ भन्दा माथि पुगेको हो ।
पछिल्ला केही दिन यता ग्लोबल आईएमई बैंकको शेयर मूल्य तिब्र गतिमा उकालो लागेको थियो । बुधबार भने बजार खुले पछिको समयमा भने बैंकको शेयरमा खरिदभन्दा बिक्री चाप अधिक देखिँदा शेयर मूल्य बढ्ने क्रम रोकिएको देखिएको छ ।
गत जनवरी २१ तारिखका दिन ३३० रुपैंया प्रतिकित्ताको दरमा कारोबार खुलेको बैंकको शेयर मूल्य त्यस पछिका ११ कारोबार दिनमा ४९८ रुपैंया पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया