काठमाडौँ । सरकारले इजरालय, कुवेत, बहराइन र लेबनानको पुनः श्रम स्वीकृति खुला गरेको छ ।
वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति सम्बन्धी प्रक्रिया सहज बनाउने निर्णय गरेको हो । मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका तथा फर्केर पुनः जान चाहने श्रमिकका लागि श्रम स्वीकृति प्रक्रियालाई सरल बनाएको जनाएको हो ।
विभागका अनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की लगायतका देशमा पुनः श्रम स्वीकृति सेवा नियमित रूपमा सञ्चालन गरिनेछ । यससँगै इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि पुनः श्रम स्वीकृति प्रक्रिया खुला गरिएको छ ।
तर इराकको हकमा भने श्रम स्वीकृति प्रदान नगर्ने व्यवस्था यथावत् राखिएको विभागले स्पष्ट पारेको छ ।













प्रतिक्रिया