नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी

0
Shares

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । चैत २० गते भएको एक कार्यक्रम बीच उक्त सम्झौता सम्पन्न भएको हो ।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह बीच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदिप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउँदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे ।

उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी बीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने बताए ।

प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पारेका थिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।