मनकामना केबुलकार बन्द गर्न खोजिएको भन्दै असन्तुष्टि


जिल्ला प्रशासन कार्यालय गोर्खाले मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ । उक्त आदेशबाट स्थानीय व्यवसायी देखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केबल कारले पनि विज्ञप्ति जारी गर्दै प्रशासनले हचुवाका भरमा केवलकार बन्द गर्न निर्देशन दिएको जनाएको छ ।

“मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पुजा चलाईरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक छ” विज्ञप्तिमा भनिएको छ ।

हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पुजा, ध्यान तथा प्रार्थना मात्र गर्ने गराउने आदेश भएको र सार्वजनिक यातायातमा समेत स्वासथ्य मापदण्ड तोकिइ चलाउने व्यवस्था भएको छ र केबुलकारमा समेतमा यही लागू हुने समेत सरोकारवालाको बुझाई रहेको छ ।

मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।
“मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनुका साथै मानव अधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो” श्रेष्ठले भने ।

उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ वैशाख २०७८, बिहीबार  १७ : ५६ बजे