काठमाडौँ । यो सातो सेयर बजारमा परिसुचक नेप्से दबाबमा रह्यो । कारोबारका पाँच दिनमा चार दिन परिसूचकमा गिरावट आउँदा एक दिन सामान्य सुधार देखिएको थियो । समग्रमा साताभरि नेप्से ३५.४५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो ।
गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १२.९६ अंकले बढेर २६८५.५४ अंकमा पुगेर बजार बन्द भएको थियो ।
यो साताको ५ कारोबार दिनमा सोमबार, मंगलबार, बिहीबार र शुक्रबार घटेको परिसूचकमा बुधबार भने सामान्य सुधार देखिएको थियो ।
सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा कायम भएको थियो । उक्त दिन १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयरहरु ६३ हजार ६४८ पटकमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँमा किनबेच भएका थिए ।
मंगलबार नेप्से परिसूचक २१.१५५ अंकले घटेर २६६३.१८ विन्दुमा कायम भएको थियो । सो कारोबार दिन १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयरहरु ५२ हजार २७२ पटकमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बुधबार भने नेप्से ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा कायम भएको थियो । बुधबार १ करोड ६७ हजार ७३२ कित्ता सेयरहरु ६१ हजार २८६ पटकमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँमा किनबेच भएका थिए ।
बिहीबार नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम हुँदा १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयरहरु ६० हजार ३८१ पटकमा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँमा किनबेच भएका थिए ।
साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा कायम भएर यो साताको बजार बन्द भएको छ । शुक्रबार १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयरहरु ४६ हजार ९१२ पटकमा ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैयाँमा किनबेच भएका छन् ।
साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?
यो साता सेयर बजारमा सोमबार र मंगलबार एभरेष्ट कलरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको थियो । त्यस्तै, बुधबार सोलु हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले बढेको थियो भने बिहीबार अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले उकालो लागेको थियो । सोमबार सप्तकोशी डेभलपमेन्ट बैंक ११.७७ प्रतिशतले बढेको थियो । शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य करिब ८.५५४ प्रतिशतको वृद्धि देखिउको थियो ।
साताभरमा कुन कम्पनीको सेयरमा देखियो उच्च गिरावट ?
यो साता सेयर बजारमा पहिलो कारोबार दिन सोमबार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ७.४० प्रतिशतले आरालो लागेको थियो । त्यस्तै, मंगलबार सप्तकोशी विकास बैंकको सेयर मूल्यमा १३.४३ प्रतिशतले गिरावट आएको थियो भने बुधबार एभरेष्ट कलरको सेयर मूल्य ९.०३ प्रतिशतले घटेको थियो ।
बिहीबार एलएस होरिजोनको सेयर मूल्य ६.५० प्रतिशतले र शुक्रबार अपर लोहोरे खोला हाइड्रोको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको थियो ।
सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?
यो साता सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । कम्पनीको पहिलो कारोबार दिन सोमबार २० करोड ८२ लाख ३३ हजार रुपैयाँको, बुधबार ३४ करोड ८४ लाख ९० हजार रुपैयाँको, बिहीबार ४७ करोड २४ लाख रुपैयाँको र शुक्रबार २३ करोड २ लाख २ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।
त्यसैगरी, सोलु हाइड्रोपावरको बिहीबार २३ करोड ७९ लाख ६ हजार रुपैयाँको र शुक्रबार ३९ करोड २५ लाख ५४ हजार रुपैयाँको कारोबार भएको थियो ।










प्रतिक्रिया