गुराँस लाइफको कम्पनी सचिवमा बोधलाल पुरी

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १२ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनी सचिवमा परिपालन विभाग प्रमुखमा कार्यरत कानुन अधिकृत पुरीलाई नियुक्त गरेको हो ।

यसअघि कम्पनीको प्रशासन विभाग प्रमुख, सहायक महाप्रबन्धक बाल मुकुन्द रुपाखेतीले कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

रुपाखेतीले आफ्नो व्यक्तिगत कारण देखाई कम्पनीको सेवाबाट दिएको राजिनामा सोही मितिबाट स्वीकृत भएको प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।