काठमाडौँ । नेपाल राष्ट्र बैंकले अर्का डेपुटी गभर्नर पाएको छ । मन्त्रिपरिषद् बैठकले रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। रावल हाल नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् । यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए । दुवै जना ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन् ।





प्रतिक्रिया