इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच अष्ट्रेलियाबाट सेवा दिन सम्झौता


पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टका साथै इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स् पठाउन सक्ने बताइएको छ । साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ ।

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला ले पेरू रेमिटसँगको सहकार्यले गर्दा अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको बताए ।

यस्तै पेरू रेमिटका प्रबन्ध निर्देशक इश्वर दाहालले अष्ट्रेलियामा रहेका नेपाललीलाई डिजिटल माध्यमबाट रकम नेपाल पठाउन सजिलो हुने गरि सम्झौता गरिएको बताए । गैरकानुनी ढंगबाट देशमा भित्रिने रेमिट्यान्स्लाई वैधानिक तवरले भित्राउन पनि सम्झौताले सजिलो हुने उनको विश्वास छ ।

पेरू रेमिट अष्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अष्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सक्ने छन् । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।