घरबाटै सेवा प्रवाह गर्न धितोपत्र बजार सम्बद्ध निकायलाई बोर्डको निर्देशन


नेपाल धितोपत्र बोर्डले ब्रोकर, मर्चेन्ट बैंक तथा बजारका सरोकारवाला पक्षलाई घरबाटै सेवा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ।

बोर्डले सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धी कार्य वर्क फ्रम होम मार्फत सञ्चालन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।

यसका साथै सिस्टम संचालनको लागि कार्यालयमा तीन जना भन्दा बढि कर्मचारी नखटाउन पनि बोर्डले निर्देशन दिएको छ ।

गुनासो तथा समस्या समाधानको लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बरहरु उपलब्ध गराउन बोर्डले भनेको छ । सान लगानीकर्ताहरुले दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

जति सक्दो संक्रमणको पहिचान हुन्छ त्यती चाडो उपचारमा सहज हुने भन्दै बोर्डले कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेट हुने व्यवस्था गरी परिक्षण गराउने व्यवस्था गर्न भनेको छ । सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पुर्ण रुपमा पालना गर्न पनि बोर्डले निर्देशन दिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।