साओमीको रेडमी नोट १० प्रो नेपाली बजारमा


नेपाली बजारमा साओमीले रेडमी नोट १० प्रो भित्राएको छ । यस सिरिजमा ६ जिबी ¥याम सहित १२८ जिबी इन्टरनल स्टोरेज रहेको छ । यसमा १०८ मेगापिक्सल क्वाड क्यामरा जडान गरिएको छ ।

सेटमा ५०२० एमएएच ब्याट्री रहेको छ जसले फोनमा ब्याट्री लामो समय सम्म खपत हुने साओमीले बताएको छ । यसमा ६.६७ इन्चको एमोएलइडी डिस्प्ले रहेको छ ।

रेडमी नोट १० प्रो अन्एक्स खरानी, ग्लेसियर नीलो र ग्रेडियन्ट ब्रोन्ज यी तीन रङमा उपलब्ध रहेको छ । फोनमा आर्क साइड फिंगर प्रिन्ट सेन्सर, डुअल स्पिकर जडान गरिएको छ ।

मोबाइल पानी तथा धुलो रेसिस्टेन्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीले फोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ तय गरेको छ। साओमी नेपालले रेडमी नोट १० प्रो छिट्टै देशभरका आधिकारिक स्टोरहरुमा उपलब्ध हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।