पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि पाँच कम्पनीको पर्यो आवेदन

0
Shares

पुनर्बीमा कम्पनीको इजाजत (लाइसेन्स) का लागि पाँच कम्पनीको आवेदन परेको छ ।

अन्तिम दिन बुधबारसम्ममा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युन रि, अन्नपूर्ण रि र हिमालयन रि नामक कम्पनीहरुले पुनर्बीमा कम्पनीको लाइसेन्सको माग गर्दै आवेदन दिएका हुन् ।

समितिले प्रस्ताव आह्वान गर्नु अगावै पु्रडेन्सियल रि इन्योरेन्स, अन्नपूर्ण रि इन्स्योरेन्स, काठमाडौं रि इन्स्योरेन्स र जेन्युन रिइन्योरेन्स लगायतका कम्पनीहरुले पुनर्बीमा कम्पनीको अनुमति लिने तयारीमा लागि परेका थिए । लाइसेन्स माग्दै आएका पाँच कम्पनीमध्ये हिमालयन रि भने नयाँ कम्पनी हो ।

समितिले वैशाख १६ गते २१ दिने म्याद राखि एक सूचना मार्फत नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको थियो । समितिले आह्वान गरेको प्रस्तावअनुसार निवेदन पेश गर्ने आज १२ बजे अन्तिम समय थियो । समितिले तोकेको समयसम्ममा पाँच कम्पनीको आवेदन परेको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

पुनर्बीमा व्यवसायलाई थप प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाका लागि भन्दै इच्छुक व्यक्ती तथा लगानीकर्ता संस्थाका लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्राप्त प्रस्तावहरुमध्ये बीमा समितिले तयार गर्ने मूल्यांकनका आधारहरुमा उच्चतम अंक प्राप्त गन कम्पनीलाई छनोट गरिने समितिले जनाएको छ ।

सम्बन्धीत यसअघि प्रकाशित समाचारहरु:-

पुनर्बीमा कम्पनीको इजाजतका लागि चार कम्पनीको आवेदन

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि तीन कम्पनीले दिए आवेदन

थप एक पुनर्बीमा कम्पनीलाई मात्र लाइसेन्स दिँदै बीमा समिति, प्रस्ताव आह्वान

पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले बुझायो प्रतिवेदन, कति वटाले पाउलान् लाइसेन्स ?

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।