एलआईसीएनले बर्षदिनमा आर्जन गर्यो दुई अर्ब ९३ करोड खुद बीमा शुल्क

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले एक बर्षको अवधिमा खुद बीमा शुल्क दुई अर्ब ९३ करोडले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्तयसम्म १० अर्ब ४० करोड ७२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क गत आर्थिक वर्षको अन्त्यसम्ममा १३ अर्ब ३४ करोड पुगेको छ ।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ९८ करोड, पुर्नबीमा कमिशन वापत २ करोड ७८ लाख र बीमालेख धितो कर्जा लगानी गरेर ८८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले १६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा १३ करोड ४५ लाखरुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा २०.०४ प्रतिशतले सुधार भएको छ ।

चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ९३ करोड ७९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५४ अर्ब १ करोड ३० लाख रुपैयाँ र महा बिपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले गत असारसम्म ७ लाख ९४ हजार ४५१ बीमालेख जारी गरेको छ । यस अवधि सम्ममा इन्स्योरेन्सले १६ हजार ६५८ वटा दाबी वापत ३ अर्ब ३९ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात १४८.०७ गुणा छ ।